काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले पूर्व प्रधानमन्त्री नेपालका नाममा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको पनि जनाएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद पनि स्वतः [...]