काठमाडौँ, ५ वैशाख ०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो । राजनीतिक दल परिवर्तनका कारण राष्ट्रियसभाको सदस्य नरहनुभएका उहाँको मन्त्री पदबाट स्वतः मुक्तिपछि प्रधानमन्त्री ओलीले थापालाई […]
"/> गृहमन्त्री रामबहादुर थापाद्वारा शपथ ग्रहण - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • गृहमन्त्री रामबहादुर थापाद्वारा शपथ ग्रहण

गृहमन्त्री रामबहादुर थापाद्वारा शपथ ग्रहण

गृहमन्त्री रामबहादुर थापाद्वारा शपथ ग्रहण

काठमाडौँ, ५ वैशाख ०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो । राजनीतिक दल परिवर्तनका कारण राष्ट्रियसभाको सदस्य नरहनुभएका उहाँको मन्त्री पदबाट स्वतः मुक्तिपछि प्रधानमन्त्री ओलीले थापालाई आज मन्त्रीमा पुनः नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको हो।नेकपा (एमाले) संसदीय दलका नेता ओलीको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको थियो । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उहाँलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज स्वीकृत गर्नुभएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका