Line Khabar
बिहिबार, पुस १०, २०८२ | December 25, 2025
  • होमपेज
  • नवनियुक्त मुख्यमन्त्री पोखरेलद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
लुम्बिनी प्रदेश

नवनियुक्त मुख्यमन्त्री पोखरेलद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

नवनियुक्त मुख्यमन्त्री पोखरेलद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

बुटवल, १९ बैशाख (०७८) । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेशप्रमुख धर्मनाथ यादवले सपथ ग्रहण गराउनुभएको हो ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभामा बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दावी पेश गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका