काठमाडौँ, ७ वैशाख (०७८) । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका सदस्य बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा पत्र बुझाउनुभएको हो । एमाले निर्वाचन […]
"/> सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै एमालेद्वारा राष्ट्रपतिलाई लिखित जानकारी - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै एमालेद्वारा राष्ट्रपतिलाई लिखित जानकारी

सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै एमालेद्वारा राष्ट्रपतिलाई लिखित जानकारी

सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै एमालेद्वारा राष्ट्रपतिलाई लिखित जानकारी

काठमाडौँ, ७ वैशाख (०७८) । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका सदस्य बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा पत्र बुझाउनुभएको हो ।

एमाले निर्वाचन विभागका प्रमुख तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्याएर हस्ताक्षर गराइएका विषयहरु आएपछि डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।

राष्ट्रपतिले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका कानुनी आधारहरु अध्ययन गरिरहनुभएकोले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोगको विषय जानकारी गराइएको खरेलले बताउनुभयो ।

एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत राष्ट्रपतिलाई दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका