काठमाडौँ, १५ जेठ (०७८) । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । अर्थमन्त्री पौडेलले आज प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारको चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो । […]
"/> आव ०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • आव ०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

आव ०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

आव ०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाडौँ, १५ जेठ (०७८) । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

अर्थमन्त्री पौडेलले आज प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारको चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो । त्यस्तै, पूँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपियाँ अर्थात् कूल बजेटको २२.७ प्रतिशत छुट्याएको छ ।

सरकारले वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो । अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्षको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

बजेटको पूर्ण पाठ :

https://drive.google.com/file/d/1ysGC0C8Z3W_9Be4Z2S2D9_Ya4eSi8GUv/view

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका