चितवन, १३ भदौ ०७८ । पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउन प्रस्ताव गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । वार्षिक रु दुई करोड बजेट विनियोजना गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख […]
"/> चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउन प्रस्ताव - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउन प्रस्ताव

चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउन प्रस्ताव

चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउन प्रस्ताव

चितवन, १३ भदौ ०७८ । पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउन प्रस्ताव गरिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । वार्षिक रु दुई करोड बजेट विनियोजना गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा दयाराम चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सो अस्पताल पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । जिल्लाका व्यवसायीको मागअनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको हो ।

अहिले चितवनको पशु सेवा विज्ञ केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र छ । जसले गर्दा नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रोगको पहिचान र पशुपक्षीको उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्न प्रस्ताव गरिएको पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागाईंले जानकारी दिनुभयो ।

गत वर्ष चितवनमा देखिएको रोगका कारण केही गाईको मृत्यु भयो भने दूध उत्पादनमा समेत गिरावट आएको थियो । सोही रोग पहिचानका लागि चितवनबाट काठमाडौँ नमूना पठाइएकामा दुई सातापछि मात्र नतिजा प्राप्त भएको थियो । सो अवधिमा धेरै क्षति भइसकेको उहाँले जानकारी दिनुभयो । अहिले सीमित जनशक्तिले काम गर्नुपर्ने बाध्यता रहेको डाक्टर चापागाईं बताउनुभयो । यस जिल्लामा वार्षिक एक लाख १० हजार ६३१ मेक्ट्रिकटन दूध उत्पादन हुँदै आएको छ । माछा, कुखुरालगायतमा जिल्ला आत्मनिर्भर छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका