काबुल (अफगानिस्तान), १० पुस ०७८ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई ‘नष्ट’ गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभएको टोलो न्यूजले जनाएको छ । जो २० वर्षदेखि त्यहाँ छन्, अर्थतन्त्रलाई ध्वस्त पारेका छन्, उनीहरूले पहिले […]
"/> रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान

रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान

रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान

काबुल (अफगानिस्तान), १० पुस ०७८ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई ‘नष्ट’ गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

उहाँले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभएको टोलो न्यूजले जनाएको छ ।

जो २० वर्षदेखि त्यहाँ छन्, अर्थतन्त्रलाई ध्वस्त पारेका छन्, उनीहरूले पहिले सहयोग उपलब्ध गराउनु आवश्यक छ, पुटिनले टास समाचार एजेन्सीलाई बताउनुभयो ।

राष्ट्रपति पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा स्पुतनिक समाचार एजेन्सीले सोधेको प्रश्नको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो। उहाँले अफगानिस्तानको रोक्का गरिएको सम्पत्तिको बारेमा पनि कुरा उठाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिले, अफगानिस्तानका जनतालाई पूर्णहदसम्म मानवीय सहायता प्रदान गर्नका लागि विदेशी बैंक, मुख्यतया अमेरिकीद्वारा अफगानिस्तानको कोषलाई खुला गर्न आवश्यक छ, अन्यथा देशे भोकमरी र अन्य गम्भीर समस्याको सामना गर्न सक्ने सम्भावना छ। जसको असर छिमेकी राष्ट्रसमेतमा पर्नेछ,’ उहाँले भन्नुभयो ।

तालिबानलाई आह्वान गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै जातीय समूहको प्रतिनिधित्वबाट समावेशी सरकार गठन गर्नुपर्ने बताउनुभएको छ । पुटिनले भन्नुभयो, ‘अहिले अफगानिस्तानको नेतृत्वमा रहेका सेनाले देशको नेतृत्वमा सबै जातीय समूहलाई प्रतिनिधित्व गर्न तयार हुनुपर्छ ।’, टोलो न्यूजले रिपोर्ट गरेको छ।

यसबाहेक, उहाँले काबुल र मस्कोबीचको सम्बन्ध ‘सम्भवत राम्रो तरिकाले’ विकास हुने बताउनुभएको छ।

‘यो हाम्रो लागि निष्क्रिय मुद्दा होइन किनभने हामीसँग मध्य एसियाली गणतन्त्र, सोभियत संघका पूर्वगणतन्त्रसँग खुला सीमाना छन्, र निश्चितरूपमा, त्यहाँ केही चरमपन्थी तत्त्वको सम्भावित आक्रमणले हामीलाई सचेत रहन झक्झकाएको छ’ पुटिनले थप्नुभयो । रासस/एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका