सुकदेव अर्याल काठमाडौँ, ४ चैत ०७८ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख […]
"/> वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
स्थानीय तह निर्वाचन

वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

सुकदेव अर्याल

काठमाडौँ, ४ चैत ०७८ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ । आगामी वैशाख १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको निर्वाचन आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

आगामी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यालय निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका