Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • माडीमा आगलागी हुँदा ६० लाख रुपैयाँको क्षति

माडीमा आगलागी हुँदा ६० लाख रुपैयाँको क्षति

माडीमा आगलागी हुँदा ६० लाख रुपैयाँको क्षति

सुमन गिरी

चितवन, ४ चैत ०७८ । चितवनको माडी नगरपालिका–४, खैरहनीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थान, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम तथा अन्य भाँडावर्तन जलेर नष्ट भएको छ ।

यस्तै फार्ममा रहेको तयारी कुखुरा एक हजार दुई सयवटा तथा झण्डै एक हजार चल्ला नष्ट भएको उहाँले जानकारी दिनुभयो । बिहान साढे चार बजे आगलागी भएको हो । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका