रौतहट, २३ साउन ०७९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनता एवं प्रगतिशील जनताको पार्टी भएको बताउनुभएको छ । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उहाँले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरुले बर्सेनि कटान, डुबान […]
"/> प्रगतिशील जनताको पार्टी एमाले : अध्यक्ष ओली - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • प्रगतिशील जनताको पार्टी एमाले : अध्यक्ष ओली

प्रगतिशील जनताको पार्टी एमाले : अध्यक्ष ओली

पाँच हजार सात सय ४३ जना एमालेमा प्रवेश

प्रगतिशील जनताको पार्टी एमाले : अध्यक्ष ओली

रौतहट, २३ साउन ०७९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनता एवं प्रगतिशील जनताको पार्टी भएको बताउनुभएको छ । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उहाँले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरुले बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने बताउनुभयो ।

उहाँले तराई मधेसका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गृप्ताको नेतृत्वमा पाँच हजार सात सय ४३ जना एमालेमा प्रवेश गरेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका