काठमाडौँ, १० असोज ०७९ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य र काव्य विभागको संयोजनमा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको लेखनीमा ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ कृति प्रकाशन भएकोे छ । कृतिमा दुई सय ३२ जना कविका प्रकाशित र केही अप्रकाशित चार सय ३२ महाकाव्यात्मक कृतिको अध्ययन गरिएको छ । कृतिका अनुसन्धाता चन्द्रप्रसाद न्यौपाने रहनुभएको छ । प्रस्तुत कृतिमा […]
"/> ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित - Line Khabar
Line Khabar
शनिबार, भदौ २२, २०८१ | September 7, 2024
  • होमपेज
  • ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

काठमाडौँ, १० असोज ०७९ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य र काव्य विभागको संयोजनमा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको लेखनीमा ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ कृति प्रकाशन भएकोे छ । कृतिमा दुई सय ३२ जना कविका प्रकाशित र केही अप्रकाशित चार सय ३२ महाकाव्यात्मक कृतिको अध्ययन गरिएको छ । कृतिका अनुसन्धाता चन्द्रप्रसाद न्यौपाने रहनुभएको छ ।

प्रस्तुत कृतिमा पछिल्लो अध्ययनअनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (विसं १८२२) देखि विसं २०७८ सम्म लेखिएका महाकाव्यको विश्लेषण गरिएको छ । यस क्रममा महाकाव्यको सिद्धान्त र नेपाली महाकाव्यको इतिहासका साथै नेपाली कवितामा शास्त्रीय छन्दप्रयोगको परम्परा र नेपाली महाकाव्यसम्बन्धी अन्य केही महत्वपूर्ण तथ्यसमेत दिइएको छ । अध्ययनका क्रममा कविको परिचय र त्यसपछि महाकाव्यको सङ्क्षिप्त विश्लेषण गरिएको छ ।

विश्लेषणका क्रममा विषयवस्तुका साथै संरचनागत पक्ष–सर्गगत, प्रकरणगत र छन्दगत विवरण दिई कृतिलाई सूचनामूलक र उपयोगी बनाइएको छ । नौ सय ३६ पृष्ठको कृतिको प्रकाशनपछि नेपाली महाकाव्यका सम्बन्धमा एउटा महत्वपूर्ण सामग्री उपलब्ध भएकाले यसले महाकाव्यका विविध विषयमा जानकारी लिन चाहनेलाई लाभान्वित तुल्याउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका