काठमाडौँ, २४ माघ ०७९ । नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा मङ्गलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले […]
"/> साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा - Line Khabar
Line Khabar
शनिबार, भदौ २२, २०८१ | September 7, 2024
  • होमपेज
  • साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ यु–२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, २४ माघ ०७९ । नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

ढाकामा मङ्गलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक–एक गोल गरे । भारतको एक गोल अपूर्णा नार्जारीको नाममा रह्यो ।

खेलको २१औँ मिनेटमा भारतकी अपूर्णाले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर खेलको दोस्रो हाफमा भने नेपालले तीन गोल गर्यो । खेलको ४८ औँ मिनेटमा नेपालका लागि चन्दले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याइन् । खेलको ६९औँ मिनेटमा कप्तान राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याइन् । खेलको ८९औँ मिनेटमा नेपालकी कार्कीले तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन् ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका