Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • प्रधानमन्त्री हटाउने प्रयास गलत : मुख्यमन्त्री गुरुङ

प्रधानमन्त्री हटाउने प्रयास गलत : मुख्यमन्त्री गुरुङ

प्रधानमन्त्री हटाउने प्रयास गलत : मुख्यमन्त्री गुरुङ

लमजुङ, १४ माघ ०७७/ गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताउनुभएको छ । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उहाँले दावी गर्नुभयो ।

गृह जिल्ला आउनुभएका मुख्यमन्त्री गुरुङले नेकपा राइनाश नगर कमिटीद्वारा नगरको वडा नं ५ तीनपिप्लेमा आज आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा भन्नुभयो, “ओली नेतृत्वको सरकारले वर्षौं वर्षसम्मको मिचेको देशको भू–भागसहितको नयाँ नक्सा बनाउने काम, भारतले लगाएको नाकाबन्दीमा देशलाई झुक्न नदिने, समृद्ध नेपाल निर्माणमा विभिन्न विकासका काम गर्न सफल भएको छ ।

आज समाजवादउन्मुख जनताको जनवादलाई आफ्नो निर्माणको, समृद्ध अभियानको सैद्धान्तिक, वैचारिक आधार मानेर काम गरिरहेको सरकार प्रगतिशील भएको मुख्यमन्त्री गुरुङको दावी छ । उहाँले भन्नुभयो, “तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन ।” मुख्यमन्त्री गुरुङले गरीब दिनदुःखीको पक्षमा रहेको सरकार गिराउनेविरुद्ध लाग्न आग्रह गर्नुभयो ।

नेकपाका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, केन्द्रीय नेता तथा संविधानसभा सदस्य टुका हमाल, डा भीष्मनाथ अधिकारीलगायतले मुलुकको विकास गर्ने ओली नेतृत्वको कम्युनिष्ट सरकार रहेकाले सबै यही समूहमा लागेर देशलाई सङ्कटमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका