काठमाडौँ, १६ माघ ०७७ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहनुभएकाले निर्वाचन आयोगले आजका लागि बोलाएको परामर्श बैठकमा भाग लिन नसक्ने भनी लिखित जानकारी गराएको छ । पार्टी नेता राजेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आज बिहान आयोगमा पुगी […]
"/> विवाद निरुपण नगरी दल दर्ता सूचना आह्वान कसरी व्यवहारिक हुन्छ ? - Line Khabar
Line Khabar
बिहिबार, कार्तिक २२, २०८१ | November 7, 2024
  • होमपेज
  • विवाद निरुपण नगरी दल दर्ता सूचना आह्वान कसरी व्यवहारिक हुन्छ ?
निर्वाचन आयोगलाई नेकपा प्रचण्ड–नेपाल समूहको प्रश्न

विवाद निरुपण नगरी दल दर्ता सूचना आह्वान कसरी व्यवहारिक हुन्छ ?

विवाद निरुपण नगरी दल दर्ता सूचना आह्वान कसरी व्यवहारिक हुन्छ ?

काठमाडौँ, १६ माघ ०७७ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहनुभएकाले निर्वाचन आयोगले आजका लागि बोलाएको परामर्श बैठकमा भाग लिन नसक्ने भनी लिखित जानकारी गराएको छ ।

पार्टी नेता राजेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आज बिहान आयोगमा पुगी दुवै अध्यक्ष पूर्वनिर्धारित कार्यक्रममा भाग लिने सन्दर्भमा उपत्यका बाहिर राजनीतिक कार्यक्रममा आइतबारसम्म व्यस्त रहनुभएकाले छलफलमा भाग लिन नसक्ने अवगत गराउनुभयो । आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म भएको तयारी र राजनीतिक दल दर्ता सम्बन्धमा छलफल गर्न नेकपाका नेताहरुलाई बोलाएको थियो ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुुई चरणमा गर्ने घोषणा गरेको छ । निर्वाचन र प्रतिनिधिसभा भङ्ग भएका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि अझै पनि सुनुवाइका क्रममा बहस चलिरहेको छ । आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनको तयारी र दल दर्ताका विषयमा छलफल गर्न अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधि तथा कानून र निर्वाचन हेर्ने प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

पत्र हस्तान्तरणपछि नेता पाण्डेले आफूहरुले समन्वय गरिरहे तापनि उपत्यकाबाहिर भएकाले अध्यक्षसँग परामर्श गर्न नपाएका कारण प्रतिनिधि तोक्न नभ्याएको व्यहोरा आयोगलाई लिखितरुपमै जानकारी गराइएको बताउनुभयो । आइतबारपछि आयोगले बोलाएका खण्डमा दुवै अध्यक्षले आफे उपस्थित भएर छलफलमा सहभागी हुने सन्देश पठाएको जानकारी दिँदै नेता पाण्डेले भन्नुुभयो, “नेकपा दुुई पक्ष भएको छ, विवादित विषयको निरुपण नगरी दल दर्ता सूचना जारी गर्ने कुरा कसरी व्यवहारिक हुन्छ र ?”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका