काठमाडौं, १७ माघ ०७७ / त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचालेको छ । फाइनलमा उसले अर्को विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)लाई ३३ रनले हराउँदै पहिलो पटक उपाधि उचाल्न सफल भएको हो । आर्मीले चौथो प्रयासमा उपाधी जित्न सफल भएको हो । त्रिभुवन आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा […]
"/> प्रधानमन्त्री कप क्रिकेटको उपाधी आर्मीलाई - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • प्रधानमन्त्री कप क्रिकेटको उपाधी आर्मीलाई
चौथो प्रयास सफल

प्रधानमन्त्री कप क्रिकेटको उपाधी आर्मीलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधी आर्मीलाई

काठमाडौं, १७ माघ ०७७ / त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचालेको छ । फाइनलमा उसले अर्को विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)लाई ३३ रनले हराउँदै पहिलो पटक उपाधि उचाल्न सफल भएको हो । आर्मीले चौथो प्रयासमा उपाधी जित्न सफल भएको हो ।

त्रिभुवन आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा मात्र १७८ रनमा समेटिन पुग्यो । एपीएफका लागि ओपनर आसिफ शेषले सर्वाधिक ६१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । जितेन्द्र मुखियाको बलमा रोहित पौडेलको हातमा क्याच थमाउनु अघि उहाँले मात्र ७१ बलमा आठ चौका र एक छक्काको सहयोगले ६१ रन बनाउनुभयो । मध्यक्रममा सन्दीप जोराले २९ रनको योगदान दिए पनि अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् र ऊ १७८ रनको योगफलमा समेटिन पुग्यो । १४१ रनमा मात्र पाँच विकेट गुमाएको एपीएफले थप ३७ रन जोडन बाँकी रहँदा पाँच विकेट गुमाउन पुग्यो ।

एपीएफलाई सस्तोमै समेट्न आर्मीका तीब्र गतिका बलर जितेन्द्र मुखियाले ओपनरद्वय सुभाष खकुरेल र मोहम्मद आसिफ तथा कप्तान शरद भेषवाकरको गरी तीन विकेट लिनुभयो । बिक्रम सोब र सहाब आलमले समेत तीन तीन विकेट लिँदा सुशन भारीले एक विकेट लिनुभयो ।

त्यसअघि, त्रभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आर्मीका लागि हरि चौहानले अर्धशतकीय पारी खेलेपछि उसले एपीएफ समक्ष औसत लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको आर्मीले ४७ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनरद्वय अनिल मण्डलले ११ र सुशन भारीले १३ रन बनाएर पेभेलियन फर्किदा आर्मी दबाबमा आयो । भिम सार्की समेत सात रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किदा आर्मीले १७ ओभरमा ४७ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । हरि चौहानले संयमित पारी खेल्दै ५८ रनको योगदान दिएपछि आर्मीले ४६ ओभरमा १७३ रन जोड्न सफल भयो । मध्यक्रममा कप्तान विनोद भण्डारी सात रनको ब्यक्तिगत् योगफलमा कमल ऐरीको एलबीडब्ल्युको धरापमा पर्नुभयो । राजेश पुलामीले २८ रनको योगदान दिनुभयो । रोहित पौडेल पुनः प्रभाबकारी प्रदर्शन दिन असफल हुनुभयो । उहाँले १३ रन बनाउनुभयो ।

पूछारमा सहाब आलमले मात्र १४ बलमा दुई चौका र एक छक्काको सहयोगमा अविजित रहँदै २५ रनको विष्फोटक पारी खेलेपछि आर्मीले ५० ओभरमा नौ विकेटको क्षतिमा २११ रनको योगफल तयार गर्न सफल भयो ।

आर्मीलाई औसत योगफलसम्म रोक्न एपीएफका अविनाश बोहराले सर्वाधिक चार तथा किशोर महतोले दुई विकेट लिनुभयो । कमलसिंह ऐरी, भुवन कार्की र शरद भेषवाकरले एक एक विकेट लिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका