काठमाडौँ, ८ वैशाख ०७८ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल र नेदरल्यान्ड्स फाइनलमा प्रवेश गरेका छन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएसँगै नेपाल र नेदरल्यान्ड्स फाइनलमा प्रवेश गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि नेदरल्यान्ड्स र मलेसियाले १/१ अङ्क बाडेका छन् । वर्षाले […]
"/> त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल र नेदरल्यान्ड्स फाइनलमा - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल र नेदरल्यान्ड्स फाइनलमा

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल र नेदरल्यान्ड्स फाइनलमा

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौँ, ८ वैशाख ०७८ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल र नेदरल्यान्ड्स फाइनलमा प्रवेश गरेका छन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएसँगै नेपाल र नेदरल्यान्ड्स फाइनलमा प्रवेश गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि नेदरल्यान्ड्स र मलेसियाले १/१ अङ्क बाडेका छन् । वर्षाले पटकपटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले डिएल पद्धतिका आधारमा मलेसियालाई जीतका लागि १३ ओभरमा १२० रनको लक्ष्य दिएको थियो ।

मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले पुनःखेल रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा मलेसियाले डिएलका आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोडे भने अनवर अरुदीनले २३ रन बनाए । त्यस्तै भिरनदीप सिंह १४ रनमा आउट भए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले दुई विकेट लिए । यसअघि वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले चार विकेट गुमाएर १०७ रन बनाएको थियो । तर डिएल पद्धतिका आधारमा मलेसियाले १२० रनको लक्ष्य लक्ष्य पाएको थियो ।

नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सेलारले ३७ रन जोडे । एन्टोनीयस स्टाल १० रनमा अविजित रहे । मलेसियाका मुहमद वाफीकले दुई विकेट लिए भने पवनदीप सिंह र भीरनदीप सिंहले १/१ विकेट लिए ।

नेपाल र नेदरल्यान्ड्स फाइनल प्रवेश गर्दा मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ । नेदरल्यान्ड्सले चार खेलमा पाँच अङ्क जोड्दै शीर्ष स्थानमा समेत उक्लिएको छ भने तीन खेलमा चार अङ्क जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका