सविता शर्मा काठमाडौँ, वैशाख १४ गते  ०७८। कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न सङ्क्रमण बढी भएका ठाउँहरूमा सङ्क्रमितको सङ्ख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको […]
"/> उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा
मन्त्रिपरिषद् बैठक

उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

राजधानी भित्रिने सवारी साधनमा रोक, आन्तरिक उडान व्यवस्थित गरिने, विद्यालय बन्द

उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

सविता शर्मा

काठमाडौँ, वैशाख १४ गते  ०७८। कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न सङ्क्रमण बढी भएका ठाउँहरूमा सङ्क्रमितको सङ्ख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले उपत्यकालगायत सहरी क्षेत्रमा पाँच सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । पहाडी र हिमाली जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी काठमाडौँ उपत्यका भित्रिने सवारी साधन बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय गरेको छ । उपत्यकाबाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्न खोजिएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “एक हप्तासम्म आन्तरिक उडान सञ्चालन गरेर हेर्न खोजिएको हो ।” बैठकले अन्तर्राष्ट्रिय उडानबाट आएका विदेशीलाई होटलमा राख्ने र नेपाली नागरिकलाई घरमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको जानकारी मन्त्री अर्यालले दिनुभयो ।बैठकले पठनपाठन अनलाइनमार्फत मात्रै सञ्चालन गर्न र अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । (गोरखापत्र अनलाइनबाट)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका