काठमाडौँ, २६ वैशाख (०७८) । नेपाल सुपर लिगअन्तर्गत आज भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौँका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गर्नुभयो […]
"/> नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

काठमाडौँ, २६ वैशाख (०७८) । नेपाल सुपर लिगअन्तर्गत आज भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौँका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गर्नुभयो । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गर्नुभयो । खेलको १७ औंँ मिनेटमा काठमाडौँका ओलोमोउले गोल गर्नुभएको हो । यस्तै खेलको ३४ औंँ मिनेटमा राईले काठमाडौँका लागि दोस्रो गोल गर्नुभयो ।

यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गर्नुभएको हो । खेलको ४४ औंँ मिनेटमा काठमाडौंँका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । यस्तै खेलको ८१ औंँ मिनेटमा काठमाडौंँका प्रिजेन तामाङ गोल गर्नबाट चुक्नुभयो । चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाडौंँले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका