हेटौँडा, २९ वैशाख (०७८) । वाग्मती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका […]
"/> वाग्मतीमा कोरोना सङ्क्रमणबाट प्रदेशसभा सदस्यसहित एकै दिन ३४ को मृत्यु - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • वाग्मतीमा कोरोना सङ्क्रमणबाट प्रदेशसभा सदस्यसहित एकै दिन ३४ को मृत्यु

वाग्मतीमा कोरोना सङ्क्रमणबाट प्रदेशसभा सदस्यसहित एकै दिन ३४ को मृत्यु

वाग्मतीमा कोरोना सङ्क्रमणबाट प्रदेशसभा सदस्यसहित एकै दिन ३४ को मृत्यु

हेटौँडा, २९ वैशाख (०७८) । वाग्मती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका एक/एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय ५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा काठमाडौँ दुई हजार ७ सय ८८, ललितपुरका ६ सय २, भक्तपुरका ५ सय ३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका १ सय १५, चितवनका १ सय २४, सिन्धुलीका ४७, मकवानपुरका १ सय १६, रामेछाप २४, दोलखाका १५, काभ्रेका १ सय ५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३ सय ७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ४ सय ८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३ सय ७८, आइसियूमा ६ सय ९८, भेन्टिलेटरमा २ सय २० उपचाररत रहेका छन् भने ४९ हजार ५ सय ९८ सङ्क्रमितहरू होम आइसोलेशन बस्दै आएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका