काठमाडौँ, २९ वैशाख (०७८) । पछिल्लो २४ घण्टामा नौ हजार ३ तीन सय ५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित सक्रिय बिरामी एक लाख एक हजार ६ सय ३४ पुगेका छन् । पहिलो पटक सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख […]
"/> सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

काठमाडौँ, २९ वैशाख (०७८) । पछिल्लो २४ घण्टामा नौ हजार ३ तीन सय ५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित सक्रिय बिरामी एक लाख एक हजार ६ सय ३४ पुगेका छन् ।

पहिलो पटक सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको हो । मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ जनाको पिसिआर र ४ सय २४ जनाको एण्टिजेन परीक्षणमा नौ हजार ३ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये पिसिआरबाट नौ हजार २ सय ३८ र एन्टिजेन विधिको परीक्षणका क्रममा ६७ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

सबैभन्दा बढी काठमाडौँमा तीन हजार २ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल तीन हजार ९ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी बढी सङ्क्रमण पुष्टि भएका जिल्लामध्ये रूपन्देहीमा ७ सय ७१, कैलालीमा ३ सय ३९, मोरङमा ३ सय ३६, झापामा ३ सय, बाँकेमा २ सय ८७, दाङमा २ सय ७७, कास्कीमा २ सय ३५ जना कोरोना सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कका आधारमा कोभिड १९ सङ्क्रमणबाट गत २४ घण्टामा १ सय ६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार २ सय ५२ पुगेको छ । यस अवधिमा चार हजार ४ सय ४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन लाख १६ हजार ४ सय ६८ जना सङ्क्रमण मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७४ दशमलव ९ प्रतिशत हो ।

सक्रिय सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामा सर्वाधिक सङ्ख्या छ । हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २२ हजार ४ सय १६ पुगेको छ । सक्रिय कोभिड १९ सङ्क्रमितमध्ये एक लाख एक हजार ६ सय ३४ जना आइसोलेसनमा छन् । जसमध्ये एक हजार २ सय ४१ को आइसीयूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर २ सय ८५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका