काठमाडौँ, ७ जेठ (०७८) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि विपक्षी दलको गठबन्धनका सांसदको हस्ताक्षरसहित आज राष्ट्रपतिको कार्यालयमा उक्त दाबी गर्नुभएको हो । सभापति देउवाको दाबीमा कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, […]
"/> काँग्रेस सभापति देउवाद्वारा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • काँग्रेस सभापति देउवाद्वारा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी

काँग्रेस सभापति देउवाद्वारा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी

काँग्रेस सभापति देउवाद्वारा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी

काठमाडौँ, ७ जेठ (०७८) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि विपक्षी दलको गठबन्धनका सांसदको हस्ताक्षरसहित आज राष्ट्रपतिको कार्यालयमा उक्त दाबी गर्नुभएको हो ।

सभापति देउवाको दाबीमा कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४९, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६, जनता समाजवादी पार्टी नेपालका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी एक सय ४९ प्रतिनिधिसभाका सांसदको हस्ताक्षर रहेको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । प्रतिनिधिसभामा हाल दुई सय ७१ जना सांसद सङ्ख्या रहेको छ ।

सभापति देउवाको दाबी प्रस्तुत गर्न जाँदा राष्ट्रपतिको कार्यालयमा विपक्षी दलका शीर्ष नेताको समेत उपस्थिति रहेको थियो । सो अवसरमा सभापति देउवासँगै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द निधि, महमन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य स्थायी समितिका सदस्यहरु, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, राजमोका दुर्गा पौडेललगायतको उपस्थिति थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका