काठमाडौँ, १० जेठ (०७८) । कोरोना कहरले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव परेपनि धितोपत्र बजारमा भने त्यसले कुनै प्रभाव पारेको छैन । हरेक दिन नयाँ नयाँ रेकर्ड बनीरहेको छ । आइतबार सबैभन्दा उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएपनि कारोवार रकम भने उच्च देखिएको छ । कारोवार रकमका आधारमा आज नेप्सेले नयाँ […]
"/> नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड

काठमाडौँ, १० जेठ (०७८) । कोरोना कहरले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव परेपनि धितोपत्र बजारमा भने त्यसले कुनै प्रभाव पारेको छैन । हरेक दिन नयाँ नयाँ रेकर्ड बनीरहेको छ । आइतबार सबैभन्दा उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएपनि कारोवार रकम भने उच्च देखिएको छ ।

कारोवार रकमका आधारमा आज नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । अधिकांश लगानीकर्ता घरमै रहेर विद्युतीय माध्यमबाट कारोवार गरेका कारण पनि नेप्सेले नयाँ उचाइ कायम गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३.०७ अङ्कले वृद्धि भई नेप्से दुई हजार ८२३.०६ मा पुगेको छ । नेप्सेको यो उचाइसमेत हालसम्मकै सबैभन्दा बढी हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३१ ले वृद्धि भई ५०८.४९ मा पुगेको छ । कूल २१६ कम्पनीको दुई करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर रु १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ मूल्यमा खरिद बिक्री भएको छ । निषेधाज्ञाको समयमा भएको यो कारोवार रकम समेत आफैमा ठूलो हो ।

यस्तै, बजार पूँजीकरण समेत रु ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख ४७ हजार ३६९ बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । मुलुकको कूल गार्हस्थ उत्पादन भन्दा बढी बजार पूँजीकरण पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूह मध्ये आज पाँच उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.०८, जलविद्युत् ५.२, निर्जीवन बीमा १९६.६४, सामूहिक लगानी कोष ०.०९ र लगानी १.४१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ५७.६, होटल तथा पर्यटन १७, विकास बैंक ३२.९, वित्त ३६.४२, उत्पादन ४७.८२, अन्य ९.३१, लघुवित्त ५.३७, जीवन बीमा ५५.६१ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । आइतबार मात्रै नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर बिक्रीका लागि स्वीकृति पाएको सो कम्पनीको आज रु एक अर्ब २६ करोड १९ लाख ६७० बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै, नेको इन्स्योरेन्स रु ३७ करोड ३३ लाख ७८ हजार २००, नेपाल पुनर्बीमा कम्पनी रु २८ करोड २० लाख ९९ हजार ९०२, आइएमई नरल इन्स्योरेन्स रु २५ करोड ७० लाख ७१ हजार ८४२, सूर्य लाइफ इन्स्योरेन्स रु २४ करोड ८१ लाख ९२ हजार ९२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए । यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८९, माउण्टेन हाइड्रो नेपाल ९.८७, ग्रीन डेभलपमेन्ट बैंक ९.४५, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ७.५० प्रतिशतले कमाए ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ४.४७, गुडविल फाइनान्स ४.३७, सेन्ट्रल फाइनान्स ४.१३, मिथिला लघुवित्त ३.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका