काठमाडौँ, १ असोज ०७८ । सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, क्वाटी, दाल, फापर र पिठोमा प्रतिकिलो रु पाँच, भटमासको तेलमा […]
"/> दशैं, तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन, ३९ जिल्लाका ४३ स्थानमा बिक्री कक्ष - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • दशैं, तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन, ३९ जिल्लाका ४३ स्थानमा बिक्री कक्ष

दशैं, तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन, ३९ जिल्लाका ४३ स्थानमा बिक्री कक्ष

दशैं, तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन, ३९ जिल्लाका ४३ स्थानमा बिक्री कक्ष

काठमाडौँ, १ असोज ०७८ । सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, क्वाटी, दाल, फापर र पिठोमा प्रतिकिलो रु पाँच, भटमासको तेलमा प्रतिलिटर रु १० तथा तोरी र सनफ्लावर तेलमा प्रतिलिटर रु पाँच छुट दिइएको छ । उपभोक्ताले कर्णालीको सिमी र फापरको दानामा प्रतिकिलो रु १० र जिउँदो खसी बोकामा प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीले दशैँलाई लक्षित गरी खसी बोका ल्याउने तयारीसमेत गरेको छ ।

दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन हेलिकोप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरी खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकामा थापाथली, रामशाह पथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा पसल सञ्चालन हुनेछ । यस्तै उपत्यकाभित्र निःशुल्क ‘होम डेलिभरी’को पनि व्यवस्था गरिएको जनाइएको छ । सस्तो डिल, मुकुन्दो र गोगो २० लगायत ‘डेलिभरी प्लेटफर्म’बाट होम डेलिभरी हुनेछ ।

कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण बढी भीडभाड नहोस् भन्ने उद्देश्यले सरकारले गत वर्षभन्दा एक साता अगाडि पसल सञ्चालनमा ल्याएको छ । सरकारले गत वर्ष घटस्थापनाको १५ दिन अगाडिदेखि मात्र पसल सञ्चालन गरेको थियो । सहुलियत मूल्यको पसल आगामी कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

सहुलियत पसलको शुभारम्भ गर्दै कम्पनीका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले उपभोग्य बजारलाई सन्तुलित गर्ने र मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले व्यवस्थित र पारदर्शीरुपमा पसल सञ्चालन गर्न कम्पनीका पदाधिकारीलाई निर्देशन दिनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जनतालाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने लक्ष्यका साथ पसल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका