काठमाडौँ, १० पुस ०७८ । यो साता देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साताको सुरुमा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि […]
"/> आगामी साता अधिकतम तथा न्यूनतम तापक्रम घट्ने - Line Khabar
Line Khabar
शुक्रबार, कार्तिक २३, २०८१ | November 8, 2024
  • होमपेज
  • आगामी साता अधिकतम तथा न्यूनतम तापक्रम घट्ने
मौसम

आगामी साता अधिकतम तथा न्यूनतम तापक्रम घट्ने

आगामी साता अधिकतम तथा न्यूनतम तापक्रम घट्ने
हिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि भएको हिमपातको एक दृश्य । हिमपातबाट जिल्लामा अत्यधिक चिसोको कारण जनजीवन कष्टकर भएको छ । तस्वीर : दाने बोहरा/रासस

काठमाडौँ, १० पुस ०७८ । यो साता देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साताको सुरुमा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औँल्याएको छ ।

देशको पहाडी भू–भागमा साताको सुरुमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एकदुई स्थानमा असिनाको समेत सम्भावना छ ।

देशको तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका