चितवन, २३ फागुन ०८० । संकटमा परेको औषधि उद्योगलाई उकास्ने र प्रवर्धन गर्ने उद्धेश्यसहित भरतपुरमा नवौं फर्मा एक्स्पो गर्न लागिएको छ । औषधि उत्पादक संघ (एपोन)ले यही फागुन २५ देखि चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा नवौं फर्मा एक्स्पो गर्ने जानकारी दिएको छ । ्औषधि उत्पादक संघले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको […]
"/> स्वदेशी औषधी उद्योगलाई प्रवर्धन गर्न भरतपुरमा नवौँ फर्मा एक्स्पो हुँदै - Line Khabar
Line Khabar
बिहिबार, भदौ २०, २०८१ | September 5, 2024
  • होमपेज
  • स्वदेशी औषधी उद्योगलाई प्रवर्धन गर्न भरतपुरमा नवौँ फर्मा एक्स्पो हुँदै

स्वदेशी औषधी उद्योगलाई प्रवर्धन गर्न भरतपुरमा नवौँ फर्मा एक्स्पो हुँदै

स्वदेशी औषधी उद्योगलाई प्रवर्धन गर्न भरतपुरमा नवौँ फर्मा एक्स्पो हुँदै

चितवन, २३ फागुन ०८० । संकटमा परेको औषधि उद्योगलाई उकास्ने र प्रवर्धन गर्ने उद्धेश्यसहित भरतपुरमा नवौं फर्मा एक्स्पो गर्न लागिएको छ । औषधि उत्पादक संघ (एपोन)ले यही फागुन २५ देखि चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा नवौं फर्मा एक्स्पो गर्ने जानकारी दिएको छ ।

्औषधि उत्पादक संघले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष महेश प्रधानले धराशयी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए । ‘हामी अहिले ८४ वटा उद्योग भएर पनि पूर्ण क्षमतामा चलाउन सकेका छैनौँ’ उनले भने, यसको गुणस्तरीयता र प्रभावकारिता बारे जानकारी दिन पनि एक्स्पो गर्न लागेका हौं ।

नेपालीऔषधि उद्योग गुणस्तरीय भएपनि सबैको पहुंँचमा नपुगेको उनले बताए । ‘हामीले डब्लुएचओको मापदण्डमा औषधि उत्पादन गरेका छौँ, तर सरकारले साथ नदिंँदा हामी पछाडि परे जस्तो भएका छौं’ उनले भने ।

त्यस अवसरमा एपोनका वरिष्ठ उपाध्यक्ष प्रदीप रुगंटाले एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको र प्रदर्शकहरु आउने क्रम रहेको बताए । ‘हाम्रो भोलिबाटनै प्राविधिक, बजार प्रतिनिधिसंँग टेक्निकल सेसन राखेका छौं’, उनले भने, यसले नेपाली औषधिका बारे थप ज्ञान साटासाट हुने अपेक्षा गरेका छौं ।

देशकै केन्द्रबिन्दु चितवन रहेकोले यहाँ यसको तेस्रो संस्करण गर्न लागिएको उनको भनाई छ । एपोनका महासचिव सुदर्शन खेगुलीले नेपाली औषधि उद्योगको अवस्था खस्किदै गईरहेको जानकारी दिँदै एक्स्पोबाट नेपाली औषधि उद्योग बजार विस्तार हुने अपेक्षा गरे । ‘सयभन्दा बढी औषधि उद्योग दर्ता छन । तर ८० देखि ८५ वटा औषधि उद्योग मात्र सञ्चालनमा छन् । त्यो पनि आधा क्षमतामा’ उनले भने, ‘यसको गुणस्तर र प्रभावकारिताबारे जानकारी दिंँदा निर्यात गर्न पनि टेवा पुग्नेछ ।’ नेपाली औषधिको प्रभावकारिता विदेशीको तुलनामा कम नभएको भन्दै उनले सरकारले पनि नेपाली औषधि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

एपोनका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा विदेशी प्रदर्शक र प्रतिनिधि पनि आउने जानकारी दिए । उनका अनुसार यो एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौवटा देशबाट प्रतिनिधिहरु आउनेछन् । ‘हामीले एक्स्पोमा औषधिको उत्पादन डेमो पनि प्रर्दशन गर्नेछौं’ उनले भने, ‘यसले हाम्रा उत्पादन निर्यात गर्न मद्दत मिल्नेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका