निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल, प्रधानमन्त्रीको आह्वान: चुनावका लागि एक ठाउँमा उभिदिनुहोस्
काठमाडौँ, १९ मङ्सिर ०८२ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी हुन सबै दललाई आह्वान गर्नुभएको छ । शुक्रबार निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले उक्त आह्वान गर्नुभएको हो । “हाम्रो कुनै निजी स्वार्थ र आकांक्षा छैन। केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी […]