काठमाडौँ, १४ माघ ०७७ / झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले रु एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले […]
"/> एक अर्बको राजस्व छली, झुट्टा तथा नक्कली बीजक प्रयोग - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • एक अर्बको राजस्व छली, झुट्टा तथा नक्कली बीजक प्रयोग

एक अर्बको राजस्व छली, झुट्टा तथा नक्कली बीजक प्रयोग

एक अर्बको राजस्व छली, झुट्टा तथा नक्कली बीजक प्रयोग

काठमाडौँ, १४ माघ ०७७ / झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले रु एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले लामो समयको अनुसन्धानपछि रु एक अर्ब चार करोड बराबरको राजस्व छली गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको जानकारी दिनुभयो ।

मिश्रलगायतको टोलीले १० वटा फार्म दर्ता गरी त्यही फार्ममार्फत बैंक खाता सञ्चालन गरेर झुटा तथा नक्कली बीजक प्रयोग गरी कारोवार गरेको मैनालीले जानकारी दिनुभयो । उनीमाथि सामान खरिद नै नगरी नक्कली बीजक खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको आरोप लगाइएको छ ।

अभियुक्तले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी गरेकाले सोही ऐनको दफा २३ अनुसार कैद सजाय माग गरिएको छ । मतियारविरुद्ध भने मुख्य अभियुक्तको आधा सजायको माग दाबीसहित मुद्दा दर्ता भएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका