Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख भन्दा बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख भन्दा बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख भन्दा बढी

नयाँदिल्ली, १५ माघ ०७७ / भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १२३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ८४७ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ७३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ७३ हजार ७४० सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ९६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ९ जनाको मृत्यु भएको छ । भारतमा कोभिड- १९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८२९ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ४३ लाख ३८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख २५ हजार ६५३ जनाको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका