काठमाडौँ, १५ माघ ०७७ / पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ५८८ पुगेको छ । पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या […]
"/> कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै

कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएन

कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै

काठमाडौँ, १५ माघ ०७७ / पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका