काठमाडौँ १५ माघ ०७७ / खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा रहेको लोकगीत ‘झ्यालमा पर्दा छ’ ले करोड क्लब नाघेपछि कलाकारले केक काटेर खुशीयाली मनाएका छन् । बजारमा आएको तीन महिनामै गीतले करीब एक करोड २० लाख भ्युज पाएको छ । गीतमा सेञ्चुरी आफैले सङ्गीत गर्नुभएको छ भने नेत्र अर्यालले शब्द लेख्नुभएको छ । […]
"/> ‘झ्यालमा पर्दा छ’ करोड क्लब सेलेबेरेशनः उखु गुलियो सार्वजनिक - Line Khabar
Line Khabar
मङ्लबार, भदौ १८, २०८१ | September 3, 2024
  • होमपेज
  • ‘झ्यालमा पर्दा छ’ करोड क्लब सेलेबेरेशनः उखु गुलियो सार्वजनिक

‘झ्यालमा पर्दा छ’ करोड क्लब सेलेबेरेशनः उखु गुलियो सार्वजनिक

काठमाडौँ १५ माघ ०७७ / खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा रहेको लोकगीत ‘झ्यालमा पर्दा छ’ ले करोड क्लब नाघेपछि कलाकारले केक काटेर खुशीयाली मनाएका छन् । बजारमा आएको तीन महिनामै गीतले करीब एक करोड २० लाख भ्युज पाएको छ । गीतमा सेञ्चुरी आफैले सङ्गीत गर्नुभएको छ भने नेत्र अर्यालले शब्द लेख्नुभएको छ ।

गीतमा विनोद बाजुरालीले सङ्गीत संयोजन गर्नुभएको छ भने भिडियोमा पत्रकार ऋषि धमलादेखि लोक दोहोरी गीत क्षेत्रका अधिकांश चर्चित कलाकारलाई सहभागी गराइएको छ । गीत केही दिनअघि करोड क्लबमा पुगे पनि सेञ्चुरीले बिहीबार आफ्नो जन्मदिन पारेर करोड क्लब सेलेबेरेशन मनाउनुभएको हो । सेञ्चुरीले बिहीबार नै नयाँ गीत ‘उखु गुलियो’ सार्वजनिक गर्नुभएको छ । सो गीतमा चन्द्र शर्मा र जानुका तामाङले स्वर दिनुभएको छ । लय सेञ्चुरीको हो भने शब्द नेत्र अर्यालको रहेको छ । गीतमा सेञ्चुरी, अञ्जली अधिकारी, जुना सुन्दास, करिष्मा ढकाल, गीता ढुङ्गना र लोसिना लामिछानेले अभियन गर्नुभएको छ । गीतलाई सेञ्चुरी युट्युब च्यानलबाट बजारमा ल्याइएको छ ।

कार्यक्रममा लोकदोहोरी गीत क्षेत्रका अधिकांश कलाकारको सहभागिता थियो । वरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजी, पूर्वअध्यक्ष दुर्गा, शर्मा, चन्द्र शर्मा, बद्री पङ्गेनी, हास्य कलाकार जितु नेपाल, पत्रकार धमलालगायतले सेञ्चुरीका गीत नेपाली लोकगीतका क्षेत्रमा अजरअमर रहने बताएका थिए ।

सेञ्चुरीले स्वर दिएका र लय सिर्जना गरेका गीत पछिल्लो समयमा करोड क्लबमा पुग्न थालेका छन् । यससँगै ‘चिया छानेको’, तीज गीत ‘लरिलरिलै’ र ‘सोचेझैँ जिन्दगी रैनछ’ करोड क्लबमा पुगेका छन् । उहाँको ‘कपलु कोरेर’ पनि अत्यधिक चर्चा पाएको गीत हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका