काठमाडौँ, १७ वैशाख (०७८) । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । शाहको बिहीबार साँझदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो । अस्पतालमै […]
"/> पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार

काठमाडौँ, १७ वैशाख (०७८) । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । शाहको बिहीबार साँझदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको हो ।

नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजन दिनुपरेको छैन । उहाँहरु तीनै जना गत शनिबार नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका