Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • स्वास्थ्य मन्त्रालयको अपिल : कोभिडबाट बच्न जनस्वास्थ्यका मापदण्डको कडा पालना गर्नु
सङ्क्रमण तीव्र गतिमा फैलदै

स्वास्थ्य मन्त्रालयको अपिल : कोभिडबाट बच्न जनस्वास्थ्यका मापदण्डको कडा पालना गर्नु

स्वास्थ्य मन्त्रालयको अपिल : कोभिडबाट बच्न जनस्वास्थ्यका मापदण्डको कडा पालना गर्नु

काठमाडौँ, १७ वैशाख (०७८) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज जारी गर्नुभएको अपिलमा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको हुँदा स्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउन अपिल गरिएको छ ।

सङ्क्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलाका साबुन पानीले हात धुने सबैभन्दा उत्तम उपाय रहेको जनाइएको छ ।

सङ्क्रमणबाट प्रभावित जिल्ला चितवन, मोरङ, सुनसरी, झापा, पर्सा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको अपिलमा उल्लेख छ ।

“कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तारिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्णरुपमा नगर्नु, नगराउनु हुन, कुनै पनि सार्वजनिक स्थलमा जाने भीडभाड गर्ने काम बन्द गर्ने गराउने काम गर्न अन्यन्त जरुरी छ”, अपिलमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका