काठमाडौँ, १७ वैशाख (०७८) । अखिल नेपाल किसान महासङ्घले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पुर्याउन आवश्यक रहेको जनाएको छ । महासङ्घको स्थापना दिवसका अवसरमा अध्यक्ष डा. प्रेम दङ्गालले आज प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शोषण […]
"/> कृषि उत्पादन बजार पुर्याउने वातावरण बनाउन आग्रह - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • कृषि उत्पादन बजार पुर्याउने वातावरण बनाउन आग्रह

कृषि उत्पादन बजार पुर्याउने वातावरण बनाउन आग्रह

कृषि उत्पादन बजार पुर्याउने वातावरण बनाउन आग्रह

काठमाडौँ, १७ वैशाख (०७८) । अखिल नेपाल किसान महासङ्घले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पुर्याउन आवश्यक रहेको जनाएको छ ।

महासङ्घको स्थापना दिवसका अवसरमा अध्यक्ष डा. प्रेम दङ्गालले आज प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शोषण र उत्पीडन, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व, कृषि क्षेत्रमा भएको व्यवसायीकरण, कृषि श्रमिकको अवस्थाजस्ता क्षेत्रमा सरकार र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनुभएको छ । विसं २००८ वैशाख १७ गते तुलसीलाल अमात्यको नेतृत्वमा महासङ्घ गठन भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका