बुटवल, १९ वैशाख (०७८) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो । उहाँले एमालेको एकल बहुमतको सरकार […]
"/> एमाले निर्णय : शङ्कर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • एमाले निर्णय : शङ्कर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार
लुम्बिनीमा बदलिएको राजनीति

एमाले निर्णय : शङ्कर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार

एमाले निर्णय : शङ्कर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार

बुटवल, १९ वैशाख (०७८) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।

उहाँले एमालेको एकल बहुमतको सरकार गठनका लागि दावी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा आज नै उहाँले शपथ लिनुहुनेछ । “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीका विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भन्नुभयो ।

लुम्बिनीमा एमालेका बहुमत सदस्य अर्थात् ४१, नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका