काठमाडौँ, २० वैशाख (०७८) । नेपालमा हालसम्म पाँच सय पचास जना पत्रकारमा कोभिड—१९ को सङ्क्रमण देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरि सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिनुभएको छ । सङ्क्रमितमध्ये २० पत्रकारको अस्पतालमा उपचार भइरहेको र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ । महासचिव […]
"/> कोभिड सङ्क्रमणबाट सात पत्रकारको निधन : पत्रकार महासंघ - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • कोभिड सङ्क्रमणबाट सात पत्रकारको निधन : पत्रकार महासंघ

कोभिड सङ्क्रमणबाट सात पत्रकारको निधन : पत्रकार महासंघ

कोभिड सङ्क्रमणबाट सात पत्रकारको निधन : पत्रकार महासंघ

काठमाडौँ, २० वैशाख (०७८) । नेपालमा हालसम्म पाँच सय पचास जना पत्रकारमा कोभिड—१९ को सङ्क्रमण देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरि सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिनुभएको छ ।

सङ्क्रमितमध्ये २० पत्रकारको अस्पतालमा उपचार भइरहेको र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ । महासचिव पुरीले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गर्नुभएको छ ।

विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ ।
“कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ । यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।”

महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्नसमेत सरकारसंँग माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका