चितवन, २० वैशाख (०७८) । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट चितवनमा आज सोमबार मात्रै चार जनाको ज्यान गएको छ । जिल्लाका दुई अस्पतालमा उपचाररत चार जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा एक जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु […]
"/> कोरोना कहर : चितवनमा एकै दिन चार जनाको ज्यान गयो - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • कोरोना कहर : चितवनमा एकै दिन चार जनाको ज्यान गयो

कोरोना कहर : चितवनमा एकै दिन चार जनाको ज्यान गयो

कोरोना कहर : चितवनमा एकै दिन चार जनाको ज्यान गयो

चितवन, २० वैशाख (०७८) । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट चितवनमा आज सोमबार मात्रै चार जनाको ज्यान गएको छ । जिल्लाका दुई अस्पतालमा उपचाररत चार जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा एक जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्को एकजना कपिलवस्तुका रहेका छन् ।

स्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारीअनुसार जिल्लाका तीन अस्पततालमा गरी १३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा नौ जना र पुरानो मेडिकल कलेजमा चार जनाले भेन्टिलेटरमा उपचार गराइरहेका हुन् ।

यस्तै जिल्लामा ६४ जना बिरामी सघन उपचार कक्षमा छन् । तीमध्ये सीएमसीमा ३६ जना, पुरानो मेडिकल कलेजमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचाररत छन् । यसैगरी ४६ जना सङ्क्रमित एचडीयूमा उपचार गराइरहेका छन् । तीमध्ये भरतपुर अस्पतालमा २४ जना, सीएमसीमा आठ जना र पुरानो मेडिकल कलेजमा १४ जना रहेका छन् ।

जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना सङ्क्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र पुरानो मेडिकल कलेजमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र पुरानो मेडिकल कलेजमा १०० शय्या कोभिड सङ्क्रमितका लागि छुट्टाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका