काठमाडौँ, २३ वैशाख (०७८) । वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । उहाँको जन्म काठमाडौंँको नःघलमा भएको थियो । उहाँको पुर्ख्यौली घर भने सिन्धुपाल्चोकको चौतारा थियो । पिता रत्नध्वज र माता प्राणदेवीको कोखबाट विसं १९९४ […]
"/> रहनुभएन वरिष्ठ गायक प्रेमध्वज प्रधान - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • रहनुभएन वरिष्ठ गायक प्रेमध्वज प्रधान

रहनुभएन वरिष्ठ गायक प्रेमध्वज प्रधान

रहनुभएन वरिष्ठ गायक प्रेमध्वज प्रधान

काठमाडौँ, २३ वैशाख (०७८) । वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । उहाँको जन्म काठमाडौंँको नःघलमा भएको थियो । उहाँको पुर्ख्यौली घर भने सिन्धुपाल्चोकको चौतारा थियो ।

पिता रत्नध्वज र माता प्राणदेवीको कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो । उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ… ’, २०२१÷२०२२ सालतिरको ‘घुम्तीमा नआऊ है…’, ‘गोरेटो त्यो गाउँको…’, ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो…’ लगायत गीत लोकप्रिय छन् ।

विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी.. गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ ।

उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो । उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको थियो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका