काठमाडौँ, २३ वैशाख (०७८) । देशभर पछिल्लो २४ घण्टामा थप नौ हजार ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पिसिआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः आठ अजार ९७० र सय जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ […]
"/> थप नौ हजारमा कोरोना भाइरस सङ्क्रमण - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • थप नौ हजारमा कोरोना भाइरस सङ्क्रमण

थप नौ हजारमा कोरोना भाइरस सङ्क्रमण

थप नौ हजारमा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ, २३ वैशाख (०७८) । देशभर पछिल्लो २४ घण्टामा थप नौ हजार ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पिसिआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः आठ अजार ९७० र सय जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित तीन लाख लाख ६८ हजार ५८० पुगेका छन् । त्यस्तै पछिल्लो समय थप दुई हजार ७०७ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ९२ हजार ४९० छन् । निको हुने दर भने ७९ दशमलब चार प्रतिशत छ ।

अहिले देशभर ७२ हजार ५६१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ६७ हजार २४६ जना होम आइसोलेशनमा र पाँच हजार ३१५ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै ६५२ जनाको सघन उपचार कक्ष र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन सय १४ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ को पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ५२९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका