काठमाडौँ, २५ वैशाख (०७८) । पछिल्लो २४ घण्टामा कूल आठ हजार ४ सय १८ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३ सय ४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् । त्यसैगरि, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान […]
"/>काठमाडौँ, २५ वैशाख (०७८) । पछिल्लो २४ घण्टामा कूल आठ हजार ४ सय १८ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३ सय ४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् ।
त्यसैगरि, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३ सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । हालसम्म कूल २६ लाख १५ हजार ७ सय २० जनाको परीक्षण गरिएको छ ।
हालसम्म कूल तीन लाख ८५ हजार ८ सय ९० जना कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार ७ सय ६५ जना निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार २ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३ सय ८१ जना र ललितपुरमा ४ सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४ सय २६ छ ।