Line Khabar
बिहिबार, कार्तिक ७, २०८२ | October 23, 2025
  • होमपेज
  • प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत दिन एमालेद्वारा ह्विप जारी

प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत दिन एमालेद्वारा ह्विप जारी

प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत दिन एमालेद्वारा ह्विप जारी

काठमाडौँ, २६ वैशाख (०७८) । नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीेलाई विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ । संसदीय दलको बैठकपछि मुख्य सचेतक भट्टराईले सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै सांसदलाई ह्विप जारी गर्नुभएको हो ।

संसदीय दलका नेताको निर्देशन अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ र एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम सो ह्विप जारी गरिएको हो । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका