काठमाडौँ, २७ वैशाख (०७८) । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गर्नुभएको प्रस्ताव अस्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको […]
"/> प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव अस्वीकृत - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव अस्वीकृत

प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव अस्वीकृत

पक्षमा ९३, विपक्षमा १२४ र तटस्थ १५ मत, नेपाल–खनाल पक्ष अनुपस्थित

प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव अस्वीकृत

काठमाडौँ, २७ वैशाख (०७८) । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गर्नुभएको प्रस्ताव अस्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको थियो । त्यस्तै दिन्न भन्ने पक्ष अर्थात् तटस्थमा १५ सांसदले मतदान गर्नुभएको थियो । बैठकमा २३२ सांसद उपस्थित हुनुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो ।

विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले) लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव अस्वीकृत भएको हो । एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन पनि कोभिड सङ्क्रमणका कारण अनुपस्थित हुनुहुन्थ्यो ।

प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मतदान गरेका थिए । जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहनुभयो तथा केहीले विपक्षमा मतदान गर्नुभयो । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २ सय ७१ सदस्यमध्ये बहुमत अर्थात् १ सय ३६ मत आवश्यक पर्दथ्यो । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ । प्रस्तावमा सभामुखबाहेक २ सय ६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।

एमालेका १ सय २१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र स्वतन्त्रका एक/एक सांसदलाई मताधिकार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका