कठमाडौं, बैशाख २८ गते । जनता समाजवादी पार्टी नेपालले कुनै पनि वैकल्पिक सकार निर्माणमा नलाग्ने जनाएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती प्रेस विज्ञप्ति जारी गर्दै केपी ओली नेतृत्वको सरकारसँग आफ्नो पार्टीले उठाएका मागका बारेमा वार्ता तथा तदनुसारका कार्य प्रगति सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । अहिले सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा […]
"/> जसपा वैकल्पिक सरकार गठनको विपक्षमा : अध्यक्ष ठाकुर - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • जसपा वैकल्पिक सरकार गठनको विपक्षमा : अध्यक्ष ठाकुर

जसपा वैकल्पिक सरकार गठनको विपक्षमा : अध्यक्ष ठाकुर

जसपा वैकल्पिक सरकार गठनको विपक्षमा : अध्यक्ष ठाकुर

कठमाडौं, बैशाख २८ गते । जनता समाजवादी पार्टी नेपालले कुनै पनि वैकल्पिक सकार निर्माणमा नलाग्ने जनाएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती प्रेस विज्ञप्ति जारी गर्दै केपी ओली नेतृत्वको सरकारसँग आफ्नो पार्टीले उठाएका मागका बारेमा वार्ता तथा तदनुसारका कार्य प्रगति सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ ।

अहिले सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुन र त्यसको सम्बोधन नै जसपाको मुख्य ध्येय रहेको उल्लेख गर्दै विज्ञप्तिमा वैकल्पिक सरकार गठन गर्नु जसपाको उद्देश्य विपरित भएको पनि उल्लेख गरिएको छ ।

अध्यक्ष ठाकुरले वर्तमान राजनीतिक परिस्थितिमा सत्ता प्राप्तिको विषयमा आफूहरुको ध्यान नभएको बताउनुभएको छ । उहाँले अहिले जसपा सरकार गठबन्धनभन्दा पनि पार्टीले अघि सार्दै आएको एजेन्डा र मुद्दा सम्बोधनमै केन्द्रित रहेको जानकारी दिनुभएको छ।

उहाँले यी विभिन्न मुद्दाबाट विचलित भई कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य पार्टीको उद्देश्य विपरीत र मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकूल रहने ठहर गर्नुभएको छ । यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाकै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहितका नेताले राष्ट्रपतिलाई छिटोभन्दा छिटो नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका