काठमाडौँ, २९ वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा गर्नुभएको हो । “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण […]
"/> राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

काठमाडौँ, २९ वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा गर्नुभएको हो ।

“विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।

आज नेपालसहित विश्वभरि नै ‘नर्स : नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका