काठमाडौँ, २९ वैशाख (०७८) । कोभिड १९ सङ्क्रमणका कारण निधन भएका नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलागाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, […]
"/> नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ, २९ वैशाख (०७८) । कोभिड १९ सङ्क्रमणका कारण निधन भएका नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलागाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यसअघि आज बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो भने पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट नेता चौलागाईंको मङ्गलबार निधन भएको थियो ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलागाईं २०५६ सालको निर्वाचनमा दोलखा–१ बाट निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य हुनुभएको थियो । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईं एक निष्ठावान्, इमान्दार नेता हुनुहुन्थ्यो । उहाँको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष पोखरेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका