काठमाडौँ, ३० वैशाख (०७८) । रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत राजनकुमार कार्कीको रचना र वरिष्ठ कार्यक्रम अधिकृत कीर्ति न्यौपानेको संगीतमा ‘हाँसो छैन आँशु मात्र…’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शिशिर योगीले स्वर र भिडियोमा श्रीदेव भट्टराई र अर्चना रिमाल मुख्य भूमिकामा रहेका छन् भने सहायक भूमिकामा अन्य पात्र र सिनेकर्मी शान्तिप्रियलाई देख्न सकिन्छ […]
"/> ‘हाँसो छैन आँशु मात्र...’ सार्वजनिक - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • ‘हाँसो छैन आँशु मात्र…’ सार्वजनिक

‘हाँसो छैन आँशु मात्र…’ सार्वजनिक

  • Krishna Giri
  • बिहिबार, बैशाख ३०, २०७८

काठमाडौँ, ३० वैशाख (०७८) । रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत राजनकुमार कार्कीको रचना र वरिष्ठ कार्यक्रम अधिकृत कीर्ति न्यौपानेको संगीतमा ‘हाँसो छैन आँशु मात्र…’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिशिर योगीले स्वर र भिडियोमा श्रीदेव भट्टराई र अर्चना रिमाल मुख्य भूमिकामा रहेका छन् भने सहायक भूमिकामा अन्य पात्र र सिनेकर्मी शान्तिप्रियलाई देख्न सकिन्छ ।

म्युजिक भिडियोमा मुलुकमा कामको सम्भावना नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक काम गर्न थालेको कथावस्तुलाई देखाइएको छ ।

ओएसआर डिजिटलको अधिकृत यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोबाट प्राप्त सलामी (रोयल्टी) समाजसेवाका लागि खर्च गरिने गीतकार कार्कीले जानकारी दिनुभयो । सपना लम्सालको सौन्दर्य विन्यास, अजय रेग्मीको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका