काठमाडौँ, २७ वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएकामा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आज साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने […]
"/> प्रधानमन्त्रीका लागि दावी पेश भएन : राष्ट्रपति कार्यालय - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • प्रधानमन्त्रीका लागि दावी पेश भएन : राष्ट्रपति कार्यालय

प्रधानमन्त्रीका लागि दावी पेश भएन : राष्ट्रपति कार्यालय

प्रधानमन्त्रीका लागि दावी पेश भएन : राष्ट्रपति कार्यालय

काठमाडौँ, २७ वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएकामा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आज साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि आफ्नो दावी पेश गर्न यही वैशाख २७ गते आह्वान गरिएको थियो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेपछि राष्ट्रपतिबाट सो आह्वान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका