काठमाडौँ, ३० वैशाख (०७८) । काठमाडौँ रेजर्स एफसी पहिलो संकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा पुगेको हो । काठमाडौँलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे । खेलमा काठमाडौँका […]
"/> काठमाडौँ रेजर्स नेपाल सुपर लिगको फाइनलमा - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • काठमाडौँ रेजर्स नेपाल सुपर लिगको फाइनलमा

काठमाडौँ रेजर्स नेपाल सुपर लिगको फाइनलमा

काठमाडौँ रेजर्स नेपाल सुपर लिगको फाइनलमा

काठमाडौँ, ३० वैशाख (०७८) । काठमाडौँ रेजर्स एफसी पहिलो संकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा पुगेको हो ।

काठमाडौँलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे । खेलमा काठमाडौँका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौँका आशिष गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे । अब उपाधिका लागि काठमाडौँले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौँ र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ ।

धनगढी पहिलो क्वालिफायरमा काठमाडौँलाई नै अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर फाइनल पुगेको हो । दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका