काठमाडौै, २ जेठ (०७८) । आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै आज दिउँसो प्रदेश १ लगायत देशका अन्य […]
"/> पहाडी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • पहाडी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

पहाडी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

पहाडी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौै, २ जेठ (०७८) । आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। र, प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू—भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका