काठमाडौँ, २ जेठ (०७८) । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर ल्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल ल्याइएको हो । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण […]
"/> सरकारले चीनबाट ल्यायो १८ हजार अक्सिजन सिलिन्डर - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • सरकारले चीनबाट ल्यायो १८ हजार अक्सिजन सिलिन्डर

सरकारले चीनबाट ल्यायो १८ हजार अक्सिजन सिलिन्डर

सरकारले चीनबाट ल्यायो १८ हजार अक्सिजन सिलिन्डर

काठमाडौँ, २ जेठ (०७८) । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर ल्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल ल्याइएको हो ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६ सय सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५ सय ५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घको सहयोगमा ५सय ६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका