काठमाडौँ, ५ जेठ (०७८) । नेकपा (एमाले)मा उत्पन्न विवाद समाधान गर्न सुझाव दिनका लागि गठन भएको कार्यदलको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन […]
"/> एमाले कार्यदलको बैठक तयारी नपुगेको भन्दै स्थगित - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • एमाले कार्यदलको बैठक तयारी नपुगेको भन्दै स्थगित

एमाले कार्यदलको बैठक तयारी नपुगेको भन्दै स्थगित

एमाले कार्यदलको बैठक तयारी नपुगेको भन्दै स्थगित

काठमाडौँ, ५ जेठ (०७८) । नेकपा (एमाले)मा उत्पन्न विवाद समाधान गर्न सुझाव दिनका लागि गठन भएको कार्यदलको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो ।

कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिनुभयो । एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यही जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो ।

मङ्गलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने र पार्टीपंक्तिलाई आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन आह्वान गरेको थियो ।

कार्यदलमा विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्बाङ, विष्णुप्रसाद रिमाल, भीमबहादुर रावल, घनश्याम भुसाल, गोकर्णराज विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र रघुजी पन्त रहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका